• बैशाख २० २०८३, आईतवार

विराटनगरमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्मको लागि थपियो

जेष्ठ २३ २०७८, आईतवार

विराटनगर ।  जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार राति देखि लागू हुने गरी जेठ ३१ गते सम्मको लागि निषेधाज्ञाको अवधी थप गरेको छ ।

सङ्क्रमणदरमा कमी आएपनि महामारीको जोखिम कायम नै भएकाले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञाको समय थप गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

आइतबार जिल्ला कोरोना संक्रमण व्यवस्थापन सिमितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग एन २०२० को दफा २ र कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ २४ गते राति १२ बजे देखि ३१ गते सम्म निषेधाज्ञाको समय थप गर्ने निणर्य गरेको मोरङका प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।

निषेधाज्ञाको अवधीमा औषधीका पसल र अत्यावसेक सवारी साधनलाइ भने रोक लगाइएको छैन ।