जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा)को प्रदेश नम्बर २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु रावत चयन भएका छन्। तत्कालिन रुपमा रहेका दुई पार्टी समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएर गठन भएको जनता समाजवादी पार्टीले लामो समयपछिको अन्तरालमा पार्टीको संसदीय दलको नेता आइतबार चयन गरेको हो।
केन्द्रमा पार्टीका केन्द्रिय अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागी भएपछी लगभग विभाजित अवस्थामा पुगेको जसपामा बहुमत प्रदेश सांसदहरुको हस्ताक्षर सहित अध्यक्ष उपेन्द्र यादव समूहका रावत संसदीय दलको नेतामा चयन भएका हुन्।
संसदीय दलको नेतामा रावत चयन भएसंगै आइतबारै प्रदेश सभा सचिवालयमा पत्र पठाएर जानकारी गराइएको छ।