• बैशाख २० २०८३, आईतवार

दिवंगत वलीप्रति नेकपाले दियो श्रद्धाञ्जली

जेष्ठ २३ २०७८, आईतवार

हेमन्त वली जेष्ठ २३, दाङ ।
नेपाल कम्युनिस्ट पार्टी दाङले अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला सदस्य रेखा रोकाको बुवा बिनुलाल वलीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

दिवंगत वली सो पार्टी निकट राष्ट्रिय निजामति कर्मचारी संगठन केन्द्रिय उपाध्यक्ष नरबहादुर रोकाका ससुरा हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १९ निवासी वलीको जेष्ठ १६ गते ८५ वर्षको उमेरमा निधन भएको हो ।

नेकपा दाङका सेक्रेटरी प्रदिप वलीले आज मृतकको घरमा पुगी वलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।