• बैशाख २० २०८३, आईतवार

बेलायतमा फेरि कोरोना संक्रमण बढ्यो, तेस्रो लहरको खतरा

जेष्ठ २२ २०७८, शनिबार

काठमाडौँ। बेलायतमा कोरोना महामारीको तेस्रो तहर देखापर्न थालेको छ। शुक्रबार बेलुकाको तथ्याङक अनुसार त्यहाँ पछिल्लो २४ घण्टामा ६ हजार २ सय ३८ जना मानिसमा कोरोना संक्रमण पुष्टी भयो, त्यस्तै सोही समय अन्तरालमा सो देशमा ११ जनाको संक्रमनकै कारण ज्यान गयो।

बेलायतमा दुई महिनापछि पहिलोपटक संक्रमितको संख्या ६ हजार नाघेको हो । यसअघि पछिल्लोपटक २५ मार्चमा ६ हजार १ सय १८ संक्रमित भेटिएका थिए । विज्ञहरुलाई कोरानो डेल्टा भेरिएन्ट भेटिएको हुनसक्ने चिन्ता छ । यो भेरिएन्ट सबैभन्दो पहिले भारतमा भेटिएको थियो । भारतमा संक्रमितको संख्या ह्वात्तै बढ्नुमा यही भेरिएन्ट कारक रहेको बताइएको छ ।

बेलायतमा मेइ महिनाको अन्तिम सातादेखि संक्रमण बढ्न थालेको थियो । यहाँ अंग्रेजी महिना मेइको सुरुवातमा दैनिक २ हजारमा संक्रमण देखिएको थियो । यो संख्या बढेर २८ मेइमा ४ हजार नाघ्यो । त्यसपछि केही दिन संक्रमितको संख्या घटेको थियो । तर जून लागेसँगै ५ हजार नाघ्यो र अहिले ६ हजार नाघेको छ ।