काठमाडौँ। विश्व वातावरण दिवसको अवसरमा शनिबार राजधानी काठमाडौँमा वृक्षारोपन गरिएको छ। बागमती सफाई अभियानको ४२१ औं हप्ता पुगेको समेत अवसर पारेर बागमती किनार युएन पार्कमा सो वृक्षारोपन सम्पन भएको महेन्द्र राज सिंहले जानकारी दिए। वृक्षारोपन कार्यक्रममा बागमती सफाई महाअभियानका मुख्य अभियन्ता नेपाल सरकारका पुर्व मुख्य सचिव एवं नेपालको लागि चीनका पुर्व राजदुत लीलामणी पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव प्रेम नारायण कँडेल, नेपाल सरकारका पुर्व सचिव किसोर थापा, बागमती सफाई महाअभियानका संयोजक उद्धव तिलिल्सिना, चलचित्र निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला र चलचित्र अभिनेता पल शाहको सहभागिता रहेको थियो।
उता यूवा अभिनेता पुष्प खड्काले आफ्नो गृहजिल्ला कैलालीमा बृक्षारोपण गरेका छन् । वृक्षा रोपनको लागि वन तथा वातावरण मन्त्रालयले अभियन्ताहरुलाई बिरुवा उपलब्ध गराएको थियो।
नेपालमा मेची महाकाली सफाई अभियानको संयोजनमा सो वृक्षारोपन कार्यक्रम भएको अभियन्ता चक्र बहादुर चन्दले बताए। चन्दका अनुसार ‘दक्षिण एशियन टिम’ नाम गरेको एक स्वयंसेवी समूहले अभियान सुरु गरेर सन् २००८ देखि यस्ता अन्तरराष्ट्रिय दिवसहरुलाई स्थानीय संस्थाहरुसँग मिलेर भव्यताका साथ मनाउदै आएको छ।
चन्दले भने,’देश अनुसार विभिन्न देशले आथित्यता गर्ने क्रममा यसपटक नेपालले आथित्यता गर्ने जिम्मेवारी पाएको थियो।’ राजधानी काठमाडौँका साथै शनिबारै देशका सबै प्रदेशहरुमा वृक्षारोपन गरेर यो दिवस मनाइएको छ।
प्रदेश १ मा १२ स्थानमा, प्रदेश २ का आठ स्थानमा, बागमती प्रदेशका सात स्थानमा, गण्डकी प्रदेशका पाँच स्थानमा, लुम्बिनी प्रदेशका छ स्थानमा, कर्णाली प्रदेशका तीन स्थानमा र सुदुरपस्चिम प्रदेशका चार स्थानमा वृक्षारोपन गरेर सो दिवस नेपालमा मनाइएको छ।
वातावरण जोगाउनुपर्छ भन्ने चेतनालाई जनजनमा पुरर्याउनु यसको मुख्य उद्देश्य रहेको चन्दले बताए।
हेरौं विभिन्न देशमा भएका वृक्षारोपनका तस्बिरहरु ⇓