• फाल्गुन २६ २०८२, मंगलवार

एमाले (माधव समूह)को स्थायी समिति बैठक बस्दै

जेष्ठ २२ २०७८, शनिबार

नेकपा एमालेको माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक बस्दैछ । दुई केन्द्रीय कमिटीको दुई दिने बैठक लगत्तै नेपाल पक्षले शनिबार स्थायी कमिटीको बैठक बोलाएको हो । आज दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले अध्यक्ष केपी ओली पक्षसँग वार्ताको ढोका खुल्ला राख्ने तर वार्ता धेरै नलम्ब्याउने निचोड निकालेको थियो ।

नेपाल समूहका एमाले नेता युवराज ज्ञवालीले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काएर मात्र नहुने बरु ओलीले संसद विघटन गल्ती थियो भनेर आत्मालोचना पनि गर्नुपर्ने बताएका छन् ।