• मंसिर १२ २०८१, बुधबार

सबै अस्पताललाई बालबालिकाका लागि २० प्रतिशत बेड छट्याउन स्वास्थ्य मन्त्रालयको आग्रह

जेष्ठ २१ २०७८, शुक्रबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई बालबालिकाका लागि २० प्रतिशत बेड तयारी गर्न आग्रह गरेको छ ।

कोरोना महामारीको तेस्रो र चौथो लहरको खतरा रहेको भन्दै शुक्रबार सबै शुक्रबार सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी २० प्रतिशत बेड तयारी अवस्थामा राख्न अनुरोध गरेको हो ।

पत्राचारमा भनिएको छ, ‘दोस्रो लहजस्तै : तेस्रो र चौँथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्विकृति शैय्याको कम्तिमा २० प्रतिशत कोभिड संक्रमित बालबालिकाको उपचारका लागि प्रयोग हुनेगरी तयारी अवस्थामा राख्नुहुन अनुरोध छ ।’