काठमाडौँ। राष्ट्रिय जनमोर्चाले प्रदेश सभाबाट हटाएका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा आफ्नो पदबहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। आफूलाई प्रकृया नपुर्याई प्रदेश सांसदबाट हटाइएको भन्दै पुन:बहालीको लागि शुक्रबार उनी सर्वोच्च अदालत पुगेका हुन्।
सर्वोच्च अदालतका संचार विज्ञ किशोर पौडेलका अनुसार उनले पार्टीले आफूलाई असंवैधानिक तरिकाले कारवाही गरेको भन्दै रिट दर्ता गरेका छन भने उनको रिटमाथि आइतबार पेशी तोकिएको छ।
कृष्ण थापाले गण्डकी प्रदेशमा सरकार उथल पुथल हुदा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको निरन्तरतामा सक्रिय भएका थिए भने उनको पार्टी राष्ट्रिय जनमोर्चाले नेपाली काँग्रेस लगायत माओवादी केन्द्र समेतको विपक्षी गठबन्धनसँग मिलेर काँग्रेसको नेतृत्वमा सो प्रदेशमा सरकार बनाउन खोजेको थियो।
आफ्नो पार्टीको निर्णय अनुसार उनले गुरुङको सरकार ढालेर नयाँ सरकार बनाउन हस्ताक्षर गरेका थिएनन्। पार्टीको निर्णय र ह्विप नमानेको भनेर जनमोर्चाले उनलाई सांसद र पार्टीको साधारण सदस्य नै नरहने गरि कारवाही गरेको थियो।