काठमाडौँ। काँग्रेस सभापति शेर बहादुर देउवाले अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई धन्यबाद दिएका छन्। शुक्रबार एक ट्विट गर्दै सभापति देउवाले नेपाललाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने अमेरिकाको घोषणाप्रति धन्यवाद दिएका हुन्।
नेपाललाई खोप उपलब्ध गराउने अमेरिकाको निर्णयले अमेरिकाका र नेपालबीचको मैत्रीपुर्ण सम्बन्ध थप प्रगाढ हुने विस्वास देउवाले व्यक्त गरेका छन्।
अमेरिकाका राष्ट्रपति जो बाईडेनले बिहीबार एक प्रेस विज्ञप्ति मार्फत दक्षिण र पूर्वी एशियाका देशहरुलाई ७० लाख डोज कोभ्याक्स खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका थिए।
हेरौं सभापति देउवाको ट्विट ⇓