• बैशाख २० २०८३, आईतवार

प्रधानन्यायाधीशले शुक्रबार बोलाए ‘फुल कोर्ट बैठक’, संवैधानिक इजलासबारे के निर्णय होला ?

जेष्ठ २० २०७८, बिहीबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रबार ‘फुल कोर्ट’ बोलाएका छन् ।

संवैधानिक इजलास गठन लगायतका विषयमा देखिएको समस्या समाधान, इजलास गठन सम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा विस्तार लगायतका विषयमा छलफल गर्न प्रधानन्यायाधीश राणाले ‘फुल कोर्ट’को बैठक बोलाएका हुन् ।

पूर्ण इजलासको बैठकले लिनैपर्ने महत्वपूर्ण प्रशासनिक निर्णयहरु लिनसक्ने सर्वोच्च स्रोतको भनाइ छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका सांसदहरुले दिएको मुद्धामा आइतबार संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।