• बैशाख २० २०८३, आईतवार

दुई महिना मेलम्चीको पानी नआउने

जेष्ठ २० २०७८, बिहीबार

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आगामी असार १ गतेदेखि दुई महिना मेलम्चीको पानी नआउने जनाएको छ ।

केयूकेएलका अनुसार सुरुङमार्गको परीक्षण गर्न पानी बन्द गर्न लागिएको हो । परीक्षणका लागि खाली गर्न मात्र १५ दिन लाग्ने र त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर त्यहाँको अवस्था अध्ययन गर्नेछन् । सुरुङ परीक्षणका क्रममा केही समस्या देखिएमा तत्कालै त्यसको समाधान गरिने बताइएको छ ।

यसरी सुरुङ परीक्षण गर्न समय लाग्ने भएकाले करिब दुई महिना पानी नआउने केयूकेएलले जनाएको छ ।