• बैशाख २० २०८३, आईतवार

स्वास्थ्यकर्मीकाे सुरक्षाकाे लागि कडा कानुन ल्याउन माग

जेष्ठ १९ २०७८, बुधबार

कपिलवस्तु । स्वास्थ्यकर्मी माथी आक्रमण हुन थाले पछि राष्ट्रिय चिकित्सक संघ लुम्बिनी शाखाले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गरेकाे छ ।

साेमबार लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री भाेज प्रसाद श्रेष्ठलाई भेटि स्वास्थ्यकर्मीकाे तथा स्वास्थ्य संस्थाकाे सुरक्षा सम्वन्धी ऐन २०६६ लाई संशाेधन गर्न बनेकाे अध्यादेशमा सुरक्षा प्रत्याभुती गराउन बुँदा गत सुझाव दिएका छन् ।

स्वास्थ्यकर्मीलाई गालिगलाैज गर्ने सामाजिक संजालमा अफवाह फैलाउने, कुटपिट गर्नेलाई हुने सजायकाे दायरा बढाउँन आग्रह गरेकाे डा प्रशान्त आचार्यले बताए ।

स्वास्थ्यकर्मीकाे सुरक्षाकाे लागि मन्त्रीज्युले चासाे दिनु भएकाे र सरुवा राेग अस्पताल र स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनामा जाेड दिएको डा सम्राट पराजुलीले बताए ।