• फाल्गुन २६ २०८२, मंगलवार

उज्वल थापाको निधनले प्रधानमन्त्री ओली स्तब्ध

जेष्ठ १८ २०७८, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकशील साझाका संस्थापक संयोजक उज्वल थापाको निधनले स्तब्ध भएको बताएका छन्  ।

प्रधानमन्त्री  ओलीले ट्विट गर्दै संयोजक थापाको निधनले आफू स्तब्ध भएको बताएका हुन् ।

उनले ट्विटर मार्फत थापा र शोकाकुल परिवारजनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ। कोरोना संक्रमनका कारण  थापा  राजधानीको मेडिसिटि अस्पतालमा जेठ १४ गतेदेखि उपचाररत थिए। १४ गतेदेखि मेडीसिटीमा अत्याधुनिक उपचार बिधि भेन्टिलेटर तथा इक्मो अनुसार उपचार भइरहेको थियो।

थापाको आज दिउँसो ४:२५ बजे निधन भएको हो ।