काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा २० गते सकिनै लाग्दा यसलाई फेरि थप गर्ने बारे भोलि निर्णय हुने भएको छ ।
कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि उपत्यकामा यही १४ देखि २० गते राति १२ बजेसम्मका लागि थप कडाइ गर्दै निषेधको आदेश थप गरिएको थियो उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको आजको बैठकले १४ गते अघिको स्थितिमा कायम रहने गरी २० गतेदेखि थप एक साता निषेधाज्ञा लम्ब्याउने विषयमा छलफल गरेका हुन् ।