• फाल्गुन २६ २०८२, मंगलवार

१० मन्त्री लिएर जसपा सरकारमा जाने कुरा भएको छ: नेता कर्ण

जेष्ठ १७ २०७८, सोमबार

काठमाडौँ /

वालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो साथै लक्ष्मणलाल कर्णलगायतको भेटवार्ता सकिएको छ। बिहान १० बजेदेखि दिउसो २ बजेसम्म चलेको सो भेटमा मुद्धा फिर्ता र सरकारमा सहभागिताका बिषयमा छलफल भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।

कर्णले भने, ‘प्रधानमन्त्रीले सँगै काम गरौँ,सरकारम आउँ उस भन्नु भयो। हामीले पार्टीमा आपसमा कुरा गरेर भन्छौं भनेका छौं।’ उनले भने, ‘सरकारमा त जाने नै हो ८ मन्त्री र २ राज्यमन्त्री लिने भनेर अध्यक्ष महन्थ जीले पनि भनिसक्नु भएको छ।’

मधेश आन्दोलन र थरुहट आन्दोलनका नेता तथा कार्याकर्तालाई लागेका मुद्धा फिर्ता लिने प्राबिधिक काम भएपछी ओली सरकारमा सहभागिताबारे निर्णय लिने उनले बताए।

आजको बैठकमा दुवैतर्फका कार्यदलका सदस्यहरुको समेत सहभागिता थियो। कार्यदलमा सुवास नेम्बाङ, राजन भट्टराई, सर्बेन्द्रनाथ शुक्ल लगायत रहेका छन्। सुवास नेम्बाङका अनुसार वार्ता चलिरहेको र टुंगो लागेको छैन।