काठमाडौँ /
चलचित्र निर्देशक ऋषि लामिछानेले कोरोना जितेर अस्पातालबाट घर फर्किएका छन्। सामाजिक संजाल फेसबुक मार्फत आफू कोरोनाबाट बिजय प्राप्त गरेर एकहप्ता पहिले घर फर्किएको उनले बताएका छन्। ‘हार्दिक आभार’ नामक एक पोष्ट गर्दै उनले भनेका छन, ‘पुर्ण रुपमा स्वस्थ भएर घरमै बसिरहेको छु ! हस्पिटलबाट घर आएको एक हप्ता भयो ! निमोनियाँको औषधि खादै छु ! अब एक महिना रेष्ट गर्नुपर्ने छ !’
आफू बिरामी हुदा स्वास्थ्यलाभको कामना गर्ने व्यक्तिहरुलाई उनले नमन गरेका छन्। अरुसँग लडन सजिलो हुने तर आफ्नै जिन्दगीसँग लडन गाह्रो हुने भन्दै ‘लडे खिस्सी गर्ने र हिडे खुट्टा तान्नेहरुको बिचमा उभिएका छौ हामी सबै ! को आफ्नो को पराई , को नजीक को टाढा , कस्ले मन र मुटु बाट बोल्यो , कस्ले ठिक्क पार्यो , कस्ले माया गर्यो कस्ले मायाको नाटक गर्यो यो सबै देखे पनी भोगेपनी !’ भनेर गुनासो समेत व्यक्त गरेका छन् उनले।
उनले भनेका छन, ‘यस्ता सबैमा पनी आभार ब्यक्त गर्द्छु !’ श्रीमतीको रुपमा सरिता लामिछानेलाई पाएकोमा आफूलाई भाग्यमानी बताएका उनले अस्पतालमा आफूलाई उपचार गर्ने डाक्टरहरुप्रति आभार व्यक्त गरेका छन् ।
हेरौं निर्देशक लामिछानेको पोष्ट ⇓
