काठमाडौँ /
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनको सरकारी निवास वालुवाटार पुगेका छन्।
भेटमा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने विषयमा छलफल भएको बताइएको छ। सोमबारको भेटमा मन्त्रालय बाँडफाँट विषयमा केन्द्रित हुने समेत बुझिन्छ।
ठाकुर र महतो ओली सरकारमा सहभागी हुने तयारीमा रहेको चर्चा समेत चल्ने गरेको छ।