• फाल्गुन २६ २०८२, मंगलवार

खोप सहयोगका लागि रुसका राष्ट्रपति पुटिनलाई पत्राचार

जेष्ठ १६ २०७८, आईतवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले खोप व्यवस्थापनका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्राचार गरेकी छन् ।

खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै राष्ट्रपतिले रुसका राष्ट्रपति पुटिनलाई पत्राचार गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले पठाएको पत्र मस्कोस्थित नेपाली दूतावासले रसियाको विदेश मन्त्रालयमार्फत पुटिनलाई दिने तयारी गरेको छ । राष्ट्रपतिको पत्र शुक्रबार मस्कोस्थित नेपाली दूतावास पुगेको छ ।

सरकारले यसअघि नै रुसले उत्पादन गरेको ‘स्पुतनिक भी’ खोप ल्याउन पहल गरिरहेको छ । उक्त खोपले नेपालमा प्रयोगका लागि आपतकालीन प्रयोगको लागि स्वीकृति प्राप्त गरिसकेको छ ।

यस अघि राष्ट्रपतिले चीन, भारत र अमेरिकालाई खोपका लागि अनुरोध गर्दा चीनले १० लाख डोज खोप तत्काल दिने घोषणा गरेका थिए ।

जुन खोप नेपाल आउने तयारीमा छ । भारत र अमेरिकाले भने यथाशक्य खोप उपलब्ध गराउन सकरात्मक रहेको जनाएको छ ।