• मंसिर १२ २०८१, बुधबार

कालो ओठलाई पुनः सफ्ट र गुलाबी कसरी बनाउने ?

बैशाख १३ २०७८, सोमबार

लिपिस्टिक, बाम, मोस्चराइजर आदि अनेक प्रकारका साधनले धेरै जसो महिलाको ओठ कालो हुने गरेको पाइन्छ ।

सुन्दर बनाउन लगाइएका यस्ता कुराले उल्टै ओठ कालो बनाइरहेका हुन्छन्। यसले महिलाहरुलाई निराश बनाइरहेको हुनसक्छ। कालो ओठलाई पुनः सफ्ट र गुलाबी बनाउन गरिने यस्ता उपायबारे थाहा पाउनुहोस् :

टुथब्रसको प्रयोग
टुथब्रस दाँत सफा गर्ने प्रयोजनमा प्रयोग गरिन्छ । तर, यसलाई कालो ओठ भएमा त्यसबाट मुक्ति पाउन पनि प्रयोग गर्न सकिन्छ । यसका लागि टुथब्रसले बिस्तारै–बिस्तारै ओठ रगड्न सकिन्छ । यसो गर्दा ओठको कालो सफा हुन थाल्छ । तर, बेसरी लामो समयसम्म रगड्दा भने अन्य समस्या आउन सक्छ । यसमा सचेत हुनुपर्छ ।
चिनी र कागती
कालो ओठको रङ परिवर्तन गरी पहिलेकै अवस्थामा ल्याउन चिनी र कागती मिलाएर स्क्रम बनाई दैनिक ओठमा लगाउनुस् । यसो गर्दा बिस्तारै ओठ गुलाबी र सफ्ट हुन थाल्छ ।
ग्लिसिरिन
ग्लिसिरिन र कागतीको रसले स्किन सफ्ट मात्र बनाउँदैन, यसलाई ओठमा लगाई कालोपनको समस्याबाट बच्न पनि सकिन्छ ।
चुकन्दरको रस
चुकन्दरको रस या यसको प्याकलाई दैनिक रूपमा ओठमा लगाउँदा बिस्तारै ओठको कालोपन हटेर जान सहयोग पुग्छ ।
अनार
आनार खाँदा स्वास्थ्यका लागि त निकै फाइदा पुग्छ नै, यसले ओठको स्वास्थ्यमा पनि महत्वपूर्ण भूमिका खेल्छ । यसको प्रयोगले ओठको रङलाई ठीक राखिराख्न पनि मद्दत पुग्छ