• बैशाख १९ २०८३, शनिबार

माधव पक्षको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

बैशाख १३ २०७८, सोमबार

काठमाडौँ। नेकपा (एमाले)का नेता माधवकुमार नेपालसहितका नेताहरूले दर्ता गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले पक्षको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

‘हाल पार्टीको आन्तरिक कार्य व्यवस्थापनको शिलशिलामा स्पष्टीकरण सोधिएकै भरमा मात्र माग गरे बम्मोजिमको अन्तरिम आदेश गरिरहनुपर्ने अवस्था देखिएन’ आदेशमा भनिएको छ।

‘निवेदकलाई पाटी अध्यक्षले कारबाही गर्न सक्ने नसक्ने ? सोधिएको स्पष्टिकरण विधि सम्मत रहे/नरहेको भन्ने कानूनी प्रश्नको निरोपण विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भई निर्णय समेतका मिसिल आएपछि नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ र ३२ लगायतका राजनीतिक दल सम्बन्धी समग्र सिद्धान्त र कानूनी व्यवस्था अनुकुल छ/छैन भन्ने कुरा निवेदनको अन्तिम सुनुवाइ हुँदाका निर्णय हुनसक्ने प्रकृतिको देखिएकोले पछि ठहरे बमोजिम हुने नै हुँदा हालको प्रारम्भिक अवस्थामा पार्टीको आन्तरिक कार्य व्यवस्थापनको सिलसिलामा स्पष्टिकरण सोधिएकै भरमा मात्र माँग गरे अमोजिमको अन्तरिम आदेश जारी गरिरहनु पर्ने अवस्था नदेखिंदा अन्तरिम आदेश जारी गर्नु परेन । कानुन बमोजिम गर्नुहोला ।’

माधव नेपाललसहित नेताहरू भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले आफूमाथि हुन लागेको कारबाही रोकी पाऊँ भन्दै सर्वोच्‍चमा रिट निवेदन दर्ता गराएका थिए ।