काठमाडौँ। आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
आजको मन्त्रिपरिषद्को बैठकमा देशभर फैलिएको कोभिड-१९ रोकथाम र नियन्त्रणबारे बैठक केन्द्रित हुने बताइएको छ ।
आइतबार कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गाउँ र सहरमा संक्रमित संख्या तोकेर निषेधाज्ञा गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सीसीएमसीले गाउँ क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० जना भन्दा बढीमा कोभिड १९ संक्रमित भेटिए निषेधाज्ञा गर्न सरकारलाई सिफारिस गरेको थियो । उक्त सिफारिसबारे आजको बैठकले निर्णय गर्ने बताइएको छ ।
बैठकले स्वास्थ्य मापदण्ड पालना गर्न, भिडभाड नगर्न सबैलाई आग्रह गरेको छ ।