• बैशाख १९ २०८३, शनिबार

भोलिदेखि अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द

बैशाख १२ २०७८, आईतवार

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलिदेखि अत्यावश्यक बाहेक अन्य सबै सेवा तत्कालको लागि स्थगित गर्ने निर्णय गरेको छ ।

प्रशासनमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सोमबार(भोलि) देखि वैशाख २० गतेसम्म अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

प्रशासनले आइतबार विज्ञप्ति जारी गर्दै कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएको र संक्रमतिको निकट रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले सेवा ग्राहीमा पनि संक्रम फैलन सक्ने भएकाले अन्य सेवा बन्द गर्नु परेको जनाएको छ ।

शान्ति सुरक्षासँग समबन्धित निवेदन,मुद्दासँग समबन्धि कार्य र अन्य अत्यावश्यक सिफारीस बाहेकका अन्य सबै काम बन्द गरिएको प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रसाशनले अत्यावसेक सेवा लिन आउने सेवाग्राहीहरुले पनि अनवश्यक भिडभाड नगरी जनस्वास्थ्य मापदण्डहरुको पूर्ण पालना गर्नुका साथै अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने जनाएको छ ।