काठमाडौं । अन्तरराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले आफ्नो संगठनका सचिव रमेश महतारा २०७७ चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा ललितपुर शाखाको उपाध्यक्ष पदमा अत्याधिक मत प्राप्त गरी विजयी भएको अवसरमा उनलाई बधाई दिएको छ ।
केन्द्रले आज एक विज्ञप्ति जारी गर्दै महताराको कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको छ । केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्धारा जारी विज्ञप्तिमा शुभकामना व्यक्त गरिएको हो ।