• बैशाख १९ २०८३, शनिबार

पछिल्लो २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोना सङ्क्रमण

बैशाख १२ २०७८, आईतवार

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १२२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४५० रहेको छ ।

यस्तै हाल देशभर २५२ जना आईसीयू र भेन्टिलेटमा ६५ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा थप २८ जनाको मृत्यु भएको छ ।