• बैशाख १९ २०८३, शनिबार

कोरोनाका कारण भारतमा एक नेपालीको ज्यान गयो

बैशाख १२ २०७८, आईतवार

गोवा,लोकेन्द्र सेर्पाली । कोरोना संक्रमणका कारण भारतको महाराष्ट्रको नासिकमा एक नेपालीको मृत्यु भएको छ । रुकुम पश्चिम चौरजहारी नगरपालिका कोटजहारी वडानं ७ मा घर भइ हाल भारतमा बस्दै अएका दिलिप विकको कोरोनाका कारण्म मृत्यु भएको हो । विक विगत ३५ वर्षदेखि भारतको महाराष्ट्र नासिकमा श्रीमती र एक छोरा र एक छोरीको साथमा बस्दै आएका थिए । उनको यही अप्रैल २१ को मृत भएको हो ।

प्रगतिशील नेपाली समाज समिति भारतका केन्द्रीय कोषाध्यक्ष मोहन विश्वकर्माले दिएका मृतक दीलिप प्रगतिशील नेपाली समाजमा कृयाशील नासिकमा समितिमा कृयाशील थिए । सो संगठनका अध्यक्ष प्रकाश नेपाली र महासचिव लोकेन्द्र सेर्पालीले संयुुक्त विज्ञप्तिमार्फ उनको मृत्युप्रति दुःख व्यक्त गरेका छन् ।