• मंसिर १४ २०८१, शुक्रबार

उद्घाटन र शिलान्यासलाई थाती राखेर कोरोना नियन्त्रणमा ध्यान दिन थापाको आग्रह

बैशाख १२ २०७८, आईतवार

काठमाडौँ। राप्रपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिन आग्रह गरेका छन् । उनले आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीलाई यस्तो आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘केही समय, उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्दछु । कोरोना अनियन्त्रित र विकराल बन्दैछ । यस अवस्थामा जनता स्वयं प्रमबाट सरकारले गरेका प्रयास र योजनाबारे सुन्न बुझ्न चाहन्छन् । दुःखको बेला जनता भरोसा खोजिरहेका छन् ।’