काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको कोरोनाविरुद्ध खटिन पार्टी (नेकपा एमाले) का कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आइतबार एमाले महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठकमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कोरोनाको नयाँ भेरियन्ट देखिएका कारण उत्पन्न हुनसक्ने परिस्थितिको सामना गर्न पार्टी पंक्ति सक्रिय हुनुपर्ने बताएका हुन् ।
बैठकपछि एमाले नेता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्वारेन्टिन बनाउने, जिल्ला–जिल्लामा हेल्थ डेस्क राख्ने, सचेतनाका अभियान चलाउन निर्देशन दिएको जानकारी दिए ।
बैठकमा अक्सिजन प्लान्टहरुलाई पूर्णक्षमतामा विस्तार गर्ने, नयाँ सिलिण्डर ल्याउने, खोपलाई अझ विस्तार गर्नेलगायतका काम भइरहेको प्रधानमन्त्री ओली जानकारी दिनुभएको प्रवक्ता ज्ञवालीले बताए ।