• बैशाख १९ २०८३, शनिबार

नन्द घर्तीको संयोजकत्वमा गठन भयो प्रकृति पुजक मगर समाज

बैशाख ११ २०७८, शनिबार

काठमाडौँ /

मगरहरुको संस्कार संस्कृतिका साथै इतिहास धर्म र परम्परा जोगाउन राजधानीमा प्रकृति पूजक मगर समाज घोषणा भएको छ । शनिवार प्रकृति पुजक मगर समाज केन्द्रिय समिति घोषणा कार्यक्रम आयोजना गरी सो समाज घोषणा भएको हो । घोषणा कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका प्रमुख डा.चित्रबहादुर बुढाथोकी मगरले मगरहरुको भाषा र लिपीको संरक्षण गर्नुपर्ने धारणा राख्दै मगरहरुको कहीँ कतै मन्दिर नहुने भएकोले यो जाति प्रकृति पुजक रहेको प्रमाणित हुने बताए ।

डा.चित्र बहादुर बुढाथोकी मगर
डा.चित्र बहादुर बुढाथोकी मगर

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले भने,‘नेपालमा प्रकृति पूजक मगर र हिन्दुहरुको संस्कृति मिसमास भएर विकास भएको छ ।’ कार्यक्रममा खुला विश्व विद्यालयका प्राध्यापक डा.कर्ण रानामगरले प्रकृति पुजक मगर जाति अरु जातिलाई गाली नगरेर आफू माथि उठनुपर्ने धारणा व्यक्त गरे । त्यस्तै कार्यक्रममा समाजशास्त्री एवं सस्कृति विद बलबहादुर घर्तीमगरले नेपालका मगरहरु सबै एक हुने हो भने नेपालको सामाजिक संरचना नै बदलिन सक्ने धारणा व्यक्त गरे । घर्तीमगरले हिन्दु वर्ण व्यवस्था भन्दा बाहिर रहेको मगर जातिमा कुनै छुवाछुत नभएको समेत बताए ।

डा.कर्ण रानामगर
डा.कर्ण रानामगर

कार्यक्रममा बोल्दै डा.विष्णु सिंजालीमगरले मगरहरुको प्रकृति पुजक धर्म र संस्कृति मासिदै गएकोले राज्यलाई घाटा भएको र केही बहुराष्ट्रिय कम्पनीहरुलाई फाइदा भएको धारणा व्यक्त गरे । कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सदस्य जीवन रोकामगर, मगर कलाकार संघका अध्यक्ष तथा चलचित्र निर्देशक धुर्व पुनमगर, समाजसेवी जुनु पुनमगर, हर्क घर्तीमगर लगायतको उपस्थिति रहेको थियो ।

बल बहादुर घर्तीमगर
बल बहादुर घर्तीमगर

सोही घोषणा कार्यक्रमबाट ११ सदस्यिय प्रकृति पुजक मगर समाजको केन्द्रिय तदर्थ समिति समेत घोषणा गरिएको छ । जसको संयोजक नन्दबहादुर घर्तीमगर सहसंयोजक बिलबहादुर पुर्जामगर, सदस्यहरु हुमबहादुर घर्तीमगर, भुवनेश्वर मगर, श्रीबहादुर पुनमगर, श्रीकुमार पुनमगर, केसरी पुनमगर, अञ्चल माया बुढामगर, मदन रोकामगर, हर्क आलेमगर र आशा पुनमगर रहेका छन् ।

प्रकृती पुजक मगर समाजको केन्द्रिय समिति
प्रकृती पुजक मगर समाजको केन्द्रिय समिति

सो घोषणा कार्यक्रम हरिशंकर घर्तीमगरको अध्यक्षता भएको भने विवेक घर्तीमगरले सञ्चालन गरेका थिए ।

डा.बिष्णु सिंजाली मगर
डा.बिष्णु सिंजाली मगर
कार्यक्रममा उपस्थितहरुलाई टिका लगाइदिंदै
कार्यक्रममा उपस्थितहरुलाई टिका लगाइदिंदै
जीवन रोकामगर
जीवन रोकामगर
कार्यक्रममा सहभागीहरु
कार्यक्रममा सहभागीहरु
नवनिर्वाचित अध्यक्ष नन्द घर्तीमगर
नवनिर्वाचित अध्यक्ष नन्द घर्तीमगर