• बैशाख १९ २०८३, शनिबार

नेपालमा एकैदिन २५ सयभन्दा बढीमा संक्रमण, ५ जनाको मृत्यु

बैशाख १० २०७८, शुक्रबार

काठमाडौँ। नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण भयावह रुपमा फैलिदै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आनुसार पछिल्लो २४ घण्टामा देशभर थप २५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कूल ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४१० जना निको भएका छन् । योसँगै नेपालमा हालसम्म २ लाख ७६ हजार ७५५ जना निको भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टाको अवधिमा ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ । यसमध्ये ५२ जना आईसीयूमा १७० तथा ५९ जना भेन्टिलेटरमा रहेका छन् ।