• फाल्गुन २६ २०८२, मंगलवार

फागुनभित्रै स्थानीय चुनाव हुन्छ, तयारीमा लाग्‍नुस् : प्रधानमन्त्री

बैशाख १० २०७८, शुक्रबार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो फागुनभित्र स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय निर्वाचनका विषयमा बोल्दै तयारीमा लाग्न निर्देशन समेत दिएका हुन् ।

बैठकमा ओलीले फागुनभित्र स्थानीय तहको निर्वाचन हुने भन्दै तयारीमा जुट्न निर्देशन दिएको एक नेताले जानकारी दिए । उनका अनुसार जुनसुकै अवस्थामा पनि निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्ने बताउदै, चुनावका लागि तयार भएर बस्न प्रधानमन्त्रीले पार्टीपंक्तिलाई आग्रह समेत गरेका छन् ।