• मंसिर १४ २०८१, शुक्रबार

ओलीद्वारा नयाँ स्थायी समिति गठन : वामदेव गौतम समेटिए, नेपाल समूह परेन

बैशाख १० २०७८, शुक्रबार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ स्थायी कमिटी गठन गरेका छन् । शुक्रबार बालुवाटारमा गठन गरिएको स्थायी कमिटीमा उपाध्यक्ष वामदेव गौतमलाई पनि राखिएको छ ।

उपाध्यक्ष गौतमलाई कमिटीमा समेटिए पनि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहबाट कसैलाई पनि समेटिएको छैन ।

स्थायी कमिटीमा अध्यक्ष ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल रहेका छन् ।