क. रातो चन्दनसँग केसर, गहुँको अङ्कुर, मह र अर्जुनको बोक्रा मिलाएर लेप तयार पार्नुहोस् । यो लेप लगाउनाले त्वचाको घाम र वातावरण प्रदूषणबाट रक्षा हुन्छ ।
ख. केसर, बदामको तेल र पिस्ता तेल एकैसाथ मिलाएर राख्नुहोस् । त्यसमा बेसार र जंगली बेसारको सातु मिलाउनुहोस् । यो लेप लगाउनाले पोषणको लागि आवश्यक भिटामीन र लवन प्राकृतिकरुपले उपलब्ध हुन्छ । यसको प्रयोगबाट त्वचाको धब्बा र फोकाहरु हटेर जान्छन् ।
ग. त्वचाको रङलाई सफा गर्न एक कप चुकन्दरको रसमा एक कप टमाटरको सर र दुई चम्चा काँचो बेसारको रस या बेसारको चुर्ण मिलाएर केही दिनसम्म लगातार सेवन गर्नाले त्वचाको रंगमा निखार आउँछ ।
घ. अनुहारलाई चमक दिनका लागि पुदिना र तुलसी तथा गुलाबको पात पिसेर त्यसको रस निकाल्नुहोस् । त्यसपछि त्यसमा मह तथा चन्दनको तेल मिसाएर लगाउनाले त्वचा चमकदार, चिल्लो तथा नरम बनिरहन्छ ।
ङ. मसुरको चुर्ण बाख्राको दूध र घीउमा पिसेर लेप गर्नाले मुख चन्द्रमा झैं शोभायमान हुन्छ ।
च. पाकेको मेवाको गुदी दूधसँग मिसाएर अनुहारमा निमितरुपले मालिस गर्नाले अनुहारमा अभूतपूर्व चमक आउँछ ।
छ. जौको पिठोमा तिलको तेल तथा थोरै बेसार मिसाएर लेप गर्नाले त्वचा कोमल भएर निखार आउँछ ।
ज. गुलाब जल र ब्राण्डी २ अनुपात एक (२.१) को मात्रामा मिलाएर कपास त्यसमा भिजाउनु्होस् र अनुहारमा विस्तारै विस्तारै पुछे झैं गरी मोल्नुहोस् । अनुहारमा निखार आउँछ ।
झ. महमा कागतीको रस मिलाएर अनुहारमा लेप गर्नुहोस् । केही समयपछि पानीले सफा गर्नुहोस् । त्वचामा निखार आउने र स्फूर्ती बनिरहनेछ ।
ञ. मक्खनमा थोरै बेसार मिसाएर अनुहार तथा अन्य अंगहरुमाथी हल्कोहलले मालिस गर्नाले कोमलता प्राप्त भएर त्वचा कञ्चन झैं चम्किन थाल्नेछ ।
ट. तुलसीका पातलाई केही पानीमा उमालेर त्यसमा सफा मलमलको एक टुक्रा भिजाउनुहोस् तथा अनुहार आदिमा विस्तारै विस्तारै मोल्नुहोस् । त्वचा सफा हुनेछ ।
ठ. रातीमा सुत्नु भन्दा पहिले काँचो दूधमा केही नुन मिसाएर अनुहारमा कपासले लेप गर्नुहोस् । यसबाट अनुहारमा निखारता आउँछ । र त्वचा कोमल हुन्छ । सारा मैलो पनि सफा हुन्छ ।
ड. काँचो नरिवलको पानीले केही दिनसम्म प्रातःकाल त्वचामा मालिस गर्नुस् रङमा निखार आउँछ ।
ढ.बरको चोप मुखमा लगाउनाले अनुहारमा कोमल र चम्किलो हुनेछ ।
सुमित्रा सिंहद्धारा संकलित तथा सम्पादित सौन्दर्य र स्वास्थ्य पुस्तकबाट ।