• मंसिर ५ २०८३, शुक्रबार

हरिबोधनी एकादशीको अवसरमा आज बाह्रदशी गाउँपालिकामा सार्वजनिक बिदा

मंसिर ५ २०८३, शुक्रबार

झापा । हरिबोधनी एकादशी पर्वको अवसरमा झापाको बाह्रदशी गाउँपालिकाले शुक्रबार स्थानीय सार्वजनिक बिदा दिएको छ।

गाउँपालिकाले मिति २०८३ मंसिर ३ गते बिहीबार सूचना जारी गर्दै मंसिर ४ गते शुक्रबार एक दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गाउँपालिकाको निर्णयअनुसार उक्त दिन गाउँपालिका कार्यालय तथा मातहतका सम्पूर्ण शाखा, वडा कार्यालय, विद्यालय एवं स्वास्थ्य संस्थाहरू बन्द रहनेछन्।

हरिबोधनी एकादशी (ठूली एकादशी वा देवउठनी एकादशी) कार्तिक शुक्ल एकादशीका दिन मनाइने हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व हो ।