• कार्तिक २९ २०८३, शनिबार

विश्वासको मत नलिएरै मधेशका मुख्यमन्त्रीले दिए पदबाट राजिनामा

कार्तिक २९ २०८३, शनिबार

जनकपुरधाम  l मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत नलिँदै राजीनामा दिने घोषणा गरेका छन् । शनिबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।

गत मंसिर १९ गते मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेका यादवले विश्वासको मत पाउने अवस्था नदेखेपछि राजीनामा घोषणा गरेका हुन् ।

सभामुख रामअशिष यादवले विश्वासको मत माग्न समय दिएकोमा रोष्टममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले आफू पदमा रहेको समयको उपलब्धि सुनाउँदै राजीनामाको घोषणा गरेका हुन्

सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका थिए ।