• मंसिर २ २०८३, मंगलवार

मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा, अब जथाभावी पशु मार्न र मासु बिक्री गर्न नपाइने

मंसिर २ २०८३, मंगलवार

काठमाडौं  । काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि ‘पशु बधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा आएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका २१ स्थानीय तहमा आजदेखि उक्त ऐन कार्यान्वयनमा आएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।

कानुन जारी भएको २८ वर्षपछि कार्यान्वयनमा आएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका २१ स्थानीय तहमा उक्त ऐन कार्यान्वयन गरिएको मन्त्रालयका सहप्रवक्ता एवं वरिष्ठ कृषि अर्थविज्ञ डा. लालकुमार श्रेष्ठले जानकारी दिए ।

ऐन कार्यान्वयनमा आएसँगै अव्यवस्थित स्थानमा पशु बध गरेर उपभोक्तासम्म अस्वस्थ मासु पुग्ने क्रम रोकिने विश्वास गरिएको छ ।

सरकारले गत १ भदौमा नै राजपत्रमा सूचना प्रकाशन गरी देशभर तीन चरणमा ऐन लागू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

सोही कार्यतालिका अनुसार पहिलो चरणमा आजदेखि ऐन कार्यान्वयनमा आएको हो । ऐन कार्यान्वयनमा आएसँगै जथाभावी पशु बध गर्न र मासु बिक्री गर्न नपाइने भएको छ ।