काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको सचिवालयका सदस्यहरूको जिम्मेवारी तथा पदीय भूमिका फेरबदल गरिँदा माधव खनालको नाम हटाइएको छ।
पासपोर्ट ठेक्का प्रकरणमा सरकारी अधिकारीहरूलाई सोधपुछ गरिएको घटनामा जोडिएका खनाल हालको सचिवालयको जिम्मेवारी हेरफेरको सूचीमा समावेश छैनन्।
यसअघि नै उक्त घटनाका बेला खनाललाई जिम्मेवारीबाट अलग गरिएको बताइएको थियो । तर, त्यतिबेला उक्त विषयमा समाचार बाहिरिएपछि प्रधानमन्त्रीको सचिवालयकै अधिकारीहरूले उक्त कुरा सही नभएको भन्दै खण्डन गरेका थिए ।
त्यसयता नै सचिवालयको कामकाजमा संलग्न नरहेका खनालको नाम अहिले सचिवालयका सदस्यहरूको जिम्मेवारी र पदीय भूमिका हेरफेर गर्ने क्रममा हटाइएको हो।
खनाल सचिवालयमा सरकारी मामिला तथा योजना समन्वय विज्ञका रूपमा कार्यरत थिए। अहिले त्यो पदलाई संयोजकमा बदलेर विशाल अधिकारीलाई जिम्मेवारी दिइएको छ।