• कार्तिक २६ २०८३, बुधबार

श्रीमानको कुटपिटवाट श्रीमती सपनाको मृत्यु, श्रीमान पक्राउ

कार्तिक २६ २०८३, बुधबार

काठमाडौं  l चितवनको भरतपुर महानगरपालिका–४ त्रिचोकमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।

बुधबार बिहान ८ः३० बजे त्रिचोकस्थित रामजी ढकालको घरमा डेरा गरी बस्दै आएका ३० वर्षीय सुमन राना मगरले घरायसी विवादका कारण ३२ वर्षीया श्रीमती सपना राना मगरमाथि कुटपिट गरेका थिए।

कुटपिटका कारण सपनाको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका अनुसार मृतक र नियन्त्रणमा रहेका श्रीमान्‌को स्थायी घर स्याङ्जाको चापाकोट गाउँपालिका–६ हो।

घटनालगत्तै कुटपिटमा संलग्न श्रीमान् सुमन राना मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।