काठमाडौँ । चीनका लागि नेपाली राजदूत नियुक्त भएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले डा. कल्याणराज शर्मालाई चीनका लागि नेपाली राजदूतमा नियुक्त गरेका हुन् ।
यसअघि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका शर्मालाई राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।