• कार्तिक ११ २०८३, मंगलवार

ट्रकको ठक्करबाट स्कुटर चालक थापाको मृत्यु

कार्तिक ११ २०८३, मंगलवार

विराटनगर : मोरङको उर्लाबारीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। दुर्घटनामा उर्लाबारी नगरपालिका–८ का करिब ५० वर्षीय लोकेन्द्र थापाले ज्यान गुमाएका हुन्।

उर्लाबारी नगरपालिका–६ स्थित गोलचोकमा मंगलबार साँझ करिब ५ः५० बजेतिर दुर्घटना भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए ।

उनका अनुसार पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बागमती प्रदेश ०१–००४ क २२२८ नम्बरको ट्रकले सडक पार गर्दै गरेको प्रदेश १–०१–०१६ प ८००२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल पु¥याइएको थियो । तर, उपचारकै क्रममा साँझ ६ः०५ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको इन्स्पेक्टर न्यौपानेले बताए।

दुर्घटनापछि ट्रक चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का ३४ वर्षीय खड्गप्रसाद लावतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न ट्रक र स्कुटर पनि इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।