• कार्तिक ९ २०८३, आईतवार

 दशैँपछि ११ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य 

कार्तिक ९ २०८३, आईतवार

काठमाडौं : दसैं बिदापछि पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। यस दिन सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि असोज ३० गते सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ पुगेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला ७९४ रुपैयाँले घटेर ३ हजार ३९१ रुपैयाँ कायम भएको छ।

यसअघि असोज ३० गते चाँदी प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो।