• भाद्र २९ २०८३, सोमबार

अथार मगरात कलाकार संघको ८औं स्थापना दिवस असोज १२ गते मनाइने

भाद्र २८ २०८३, आईतवार

काठमाडौं । अथार मगरात कलाकार संघले आफ्‌नो संस्थाको ८औं स्थापना दिवस आगामी असोज १२ गते काठमाडौंमा मनाउने भएको छ ।

काठमाडौंको नयाँ बसर्पाकस्थित गुरुङ राष्ट्रिय परिषदको भवनमा असोज १२ गते दिउँसो १२ः१५ बजेदेखि सो संस्थाको स्थापना दिवस मनाउन विविध कार्यक्रम सुरु हुने संस्थाले जानकारी दिएको छ ।

संस्थाका नवनिर्वाचित अध्यक्ष तथा चर्चित हाँस्यकलाकार खड्कबहादुर पुन (खबपु)ले विभिन्न संघ संस्था तथा व्यक्तित्वहरुलाई कार्यक्रममा आउन गरिएको निम्तोपत्रमा सो कुराको जानकारी दिइएको छ ।