• भाद्र २५ २०८३, बिहीबार

जोर्डनमा इरानद्वारा क्षेप्यास्त्र प्रहार : अमेरिकी सेनाका नौ वटा लडाकु विमानमा क्षति

भाद्र २५ २०८३, बिहीबार

तेहरान । इरानले जोर्डनस्थित अमेरिकी सैन्य हवाई अड्डामा गरेको क्षेप्यास्त्र हमलामा अमेरिकी सेनाको कम्तीमा एक थान ए–१० थन्डरबोल्ट–२ आक्रमण विमान र करिब आठ थान एफ–१५ई स्ट्राइक ईगल लडाकु विमानमा क्षति पुगेको छ।

एयर एन्ड स्पेस फोर्सेस म्यागजिनका अनुसार सेप्टेम्बर ८ मा इरानले जोर्डनस्थित मुवाफ्फाक साल्टी हवाई अड्डामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो

उक्त हमलामा ए–१० विमानको पखेटामा गम्भीर क्षति पुगेको छ भने करिब आठ एफ–१५ई विमानमा सामान्य क्षति भएको छ। क्षति पुगेको भए पनि ती एफ–१५ विमान अझै सञ्चालन योग्य मानिएका छन्।

अमेरिकी अधिकारीहरूसँग परिचित स्रोतहरूले विमानमा भएको क्षतिको जानकारी दिएका हुन्। अमेरिकी सेनाको सेन्ट्रल कमान्डले भने घटनाबारे तत्काल प्रतिक्रिया दिएको छैन।

अमेरिकाले सेप्टेम्बर ८ मा पाँच वटा इरानी तेल ट्याङ्करमाथि आक्रमण गरेपछि त्यसको जवाफमा इरानले पश्चिम एसियामा रहेका अमेरिकी सैन्यअड्डा तथा उसका सहयोगी देशका क्षेत्रमा ठुलो सङ्ख्यामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।