आज अवस्थामा यस्तो सृजना भइसकेकोछ कि जसको आफ्नो इमान र अकीदा (आस्था) को कुनै ग्यारेन्टी छैन् । जसको कुनै नैतिकता छैन् । जो आफु अपराधी छन् ती तुक्ष मानसिकताका व्यक्तिहरु जसले आफुलाई मुस्लिम धर्मगुरु भन्छन् र तिनका अनुयायीहरुले पैगम्बर हजरत मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमका सन्तानसंग आफ्नो तुलना गर्न थालेकाछन् । केवल तुलना मात्र होइन् सैय्यद भन्दा पनि आफुलाई उत्कृष्ट भन्ना थालेकाछन् । सादाद अर्थात पैगम्बर हजरत मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमका सन्तानको अपमान र घृणा समेत गरिरहेका छन् ।
वास्तवमा यहाँ विडम्बना यो होइन् कि उम्मतका १० हजार व्यक्तिमध्ये एकाधले मात्र सैय्यदहरूको वास्तविक सम्मान गरिरहेका छन् र खुम्स अदा गरेका वा गरिरहेका छन् । बरु विडम्बना त यो छ कि जुन महान् व्यक्तित्वहरूको वंशबाट सैय्यदहरु जन्मिएकाछन् ।
ती व्यक्तित्व ती अहलेबैत अलैहिमुस्सलाममाथि उम्मतको एउटा ठूलो जमातले सबैभन्दा बढी अत्याचार गरेको छ । बिडम्बना यो पनि छ कि ती सबैले आफूलाई मुसलमान र पैगम्बर हजरत मुहम्मद मुस्तफा सल्ललाहो अलैहे व आला आलेही वसल्लमका उम्मत भन्नेहरु नै थिए । इतिहासमा अत्याचार गर्नेहरूका सन्तानहरू जसले आज पनि आफुलाई मुसलमान नै भन्छन् तिनीहरु आज सैयदहरूमाथि भुकिरहेका छन् ।
विगतमा सत्ता सम्पत्ति र ओहदाको लोभमा जुन हिसाबले दीनको प्रचार गरियो इमाम हुसैन अलैहिस्सलामको निर्ममता पुर्वक गरिएको शहादत त्यसैको परिणाम हो । उतिखेर पनि केही लोभि र भोगी ओलेमाहरुले इमाम हुसैन अलैहिस्सलामलाई “वाजेबुल कत्ल” अर्थात मार्नै पर्ने भनी फत्वा दिएका थिए ।
आज जसले आफुलाई पसमान्दा भनिरहेका छन् शायद तिनकै सन्तान होलान् । जो आज सादाद उत्कृष्ट भन्नु र मान्नु पर्दैन भनिरहेका छन् । यद्यपि इस्लाममा परमान्दा (दलिएका) जस्तो कुनै क्षेणी नै छैन् , इस्लामले सैय्यदलाई वंशको आधारमा उत्कृष्ट भनिएकोछ । सैय्यद बाहेक जो कोही पनि आफ्नो तक्वा परहेजगारीले उत्कृष्ट बन्छ र बन्नसक्छ भनी कुराआन मजीदमा पनि उल्लेख छ ।
आफुलाई पसमान्दा (दलिएका) भन्नेहरुसंग केही प्रश्न छन् के त्यसको जवाफ दिन सक्छन् । इमाम हुसैन अलैहिस्सलाम र सैय्यदहरूले आफ्नो लागि करबला लेखेका थिए ? सैय्यदा फातिमा सलामुल्लाहेलाई आफ्नो फदकको बारेमा बुझ्ने हक थिएन् ? सैयदहरूले आफ्नो लागि आफै जेल र कारागार तयार गरेका थिए ? इमाम हसन अलैहिस्सलाम र बाँकी विष खुवाइएका सैय्यदहरूले आफ्नो लागि आफै विष तयार गरेका थिए ? सैय्यदहरूले आफुलाई मारिनका लागि हत्या स्थान र करबला सजाएका थिए?
अरे इतिहास साक्षी छ कि अहलेबैत अलैहिमुस्सलाम र उहाँहरूका सन्तानहरूले सम्मानभन्दा अधिक गुणा बढी पीडा र अत्याचार (मजलूमियत) भोगेका छन् । सैय्यद हुनुको फज़ीलत (श्रेष्ठता) कुनै जातीय अहंकार होइन् बरु रसूलुल्लाह सल्लल्लाहु अलैहि वआलिहि वसल्लमसँगको रगतको नाता हो । सादात ती पीडित र मजलूमहरूको सन्तान हुन् , जसको लागि बाटोमा मुसलमान भनाउँदाहरुले पानी बन्द गरे ।
जसको माथि हदै सम्म अत्याचार गरियो । सैय्यदजादीहरु जसका शिरबाट दोपट्टा (पर्दा)ती खोसिए । ती सादाद जसलाई हतकडी र फलामे तौक (घाँटीमा लगाइने फलामे घेरा) मा बाँधियो । जसलाई विष दिइयो । सत्ताका भोगी र सम्पत्तिका लोभीले अहलेबैत र तिनका सन्तानको ताज़ीम र वास्तविक सम्मान कहिले गरेकाथिए र ?
स्मरण रहोस्
सैय्यदहरुलाई गर्व यस मानेमा छैन् कि सादात कुनै ठूलो पदधारण गरेकाछन् वा त्यस्तो पदधारण गरेका पृष्ठभूमिबाट आएका हुन् । सैय्यदहरुलाई गर्व केवल एउटै कुरामा छ, र पसमान्दा भनाउँदाहरुलाई पीडा पनि त्यही एउटै कुराको छ। त्यो कुरा के हो भने तिनी र तिनका पुर्वजहरूले कहिल्यै पनि अहलेबैत र सैय्यदहरुलाई झुकाउन सकेनन् कुनै परिस्थितिमा पनि । यज़ीद लानतीले त्यतिबेला अहलेबैतको बैअत (समर्थन) पाएन् जबकि अहलेबैत सहित ७२ जनालाई शहीद गरिदियो । आज त्यसका अनुयायी र पथप्रदर्शकहरु पनि सैय्यदको बैयतबाट बन्चित नै छन् र कयामत देखि जन्नतसम्म बन्चित नै रहनेछन् ।
निष्कर्ष :
हरेक कालखण्डमा बनावटी धर्म फैलाइयो र फैलियो । एक समयमा यजीदले पनि त्यो कार्य गर्ने चेष्टा गरेकै हो । त्यस बनावटी धर्मको अगाडि सत्ता भोगी र सम्पत्तिका लोभीहरु नतमस्तक भइदिए । तर सैय्यदहरु कहिल्यै झुक्न तयार भएनन् र कहिल्यै झुकेनन् । उनीहरू आज पनि हकीकी दीन (वास्तविक इस्लाम) कै झण्डा बोकेर दृढतापूर्वक उभिरहेकाछन् ।
उहिले इमाम हुसैन अलैहिस्सलामले र हाल सैय्यदहरुले बनावटी इस्लामको प्रचारकहरुको वाहवाही, महिमा मण्डन र फलाना मसलक जिन्दाबाद भनेनन् र भन्दैनन् । जसको कारण आज रसूलुल्लाहको मिम्बरबाट सैय्यदहरुप्रति घृणा फैलाईन्छ र सादादको अपमान गरिन्छ ।