• फाल्गुन २३ २०८२, शनिबार

जसपा नेपालका उपाध्याक्ष थापासहितका नेता नेकपामा प्रवेश

पुष २८ २०८२, सोमबार

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष शिवलाल थापा मगरसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

थापामगरको नेतृत्वमा केन्द्रीय सदस्यहरू सहितको टिम नेकपामा समायोजन भएका हुन् । दुवैबीच पाँच बुँदे सहमति भएको छ  ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।