बुटवल । एमाले रूपन्देही जिल्ला सचिव तथा पूर्वमेयर चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
आइतबार रूपन्देहीको सैनामैना नगरमा आयोजित पार्टी प्रवेश कार्यक्रम मार्फत कार्की रास्वपा प्रवेश गरेका हुन् ।
कार्कीसहितलाई रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले स्वागत गरेका थिए । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा विजयी भएका थिए भने २०७९ सालको निर्वाचनमा पराजित भएका थिए ।