• फाल्गुन २४ २०८२, आईतवार

जेनजी समूहसँग भएको सहमति कार्यान्वयनमा गम्भीरता देखाउन सरकारलाई विश्वप्रकाशको आग्रह

मंसिर २६ २०८२, शुक्रबार

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार र जेनजी समूहबीच भएको सहमति कार्यान्वयनमा गम्भीरता देखाउन सरकारसँग आग्रह गरेका छन् । उनले जेनजी आन्दोलनले स्थापित गरेको सुशासनको संकल्प र अठोट अब सबैको साझा जिम्मेवारी र कर्तव्य बन्नुपर्नेमा जोड दिएका छन् ।

महामन्त्री शर्माले राजनीतिक दलहरूलाई लोकतन्त्रको मुख्य र अविछिन्न सारथि मान्दै सहमतिको हस्ताक्षर गर्ने क्रममा दलहरूलाई स्वामित्व र अपनत्व गाँस्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले फागुन २१ गते तोकिएको निर्वाचन मिति बाधक बन्न नहुने स्पष्ट पारे ।

उनले जेनजी समूहलाई अपनत्वमा जोड्न,विश्वसनीय चुनावी वातावरण बनाउन र हिमाली क्षेत्रलाई सहज बनाउनका लागि निर्वाचनलाई थोरै पर सारेर वैशाखमा र्पुयाउनुपर्ने अवस्था आए त्यसलाई स्वाभाविक रुपमा स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।

महामन्त्री शर्माले सहमति र सहकार्यबाट आगाम यात्रालाई सहज बनाउनु सबैको साझा दायित्व भएको बताए ।