काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको नेतृत्वको विषयमा सर्त राखेर सहमति नहुने स्पष्ट पारेका छन् । कोटेश्वरको एवान पार्टी प्यालेसमा आयोजना भएको सम्पादकसँग साक्षात्कार कार्यक्रममा ओलीले पूर्वसर्त राखेर कसैसँग सम्झौता नहुने बताएका हुन् ।
महाधिवेशनमा अध्यक्ष ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भिन्न मतसहित प्रतिस्पर्धामा उत्रने घोषणा गरेपछि उनले यस्तो बताए । उनले सहमतिका लागि कसैलाई दबाब नदिने धारणा राख े। ‘कुराबाट पो सहमति हुन्छ त । पूर्वसर्त राखेर सहमति हुन्छ ?,’ ओलीले भने, ‘छोड्छौ भनेर सहमति भनेर हुन्छ ? मसँग भन्नुर्पयो । मसँग भन्नुभएको छैन । बाहिर–बाहिर उम्मेदवारी घोषणा गर्नुभाछ,’ उनले भने ।
पोखरेलले भनेका थिए,‘उहाँ (ओली)ले अभिभावकत्व ग्रहण गरेर जोसुकैलाई घोषणा गरे पनि मान्छौं तर अन्य अवस्थामा भने प्रतिस्पर्धा हुन्छ ।’