• फाल्गुन २४ २०८२, आईतवार

प्रमसित भेटेपछि दुर्गाकाे प्रतिकृया-फागुनमा चुनाव हुँदैन, माग पुरा नभए विद्राेह हुन्छ

मंसिर २२ २०८२, सोमबार

काठमाडौं । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी दिएका छन् ।

सोमबार सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उनले आफूहरूले राखेका माग पूरा नभए जनविद्रोह हुने र त्यो कसैले नसोचेको हुने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्रीसँग आफ्ना मागहरू स्पष्ट रूपमा राखेको बताउँदै उनले आफ्ना माग नागरिकको जनजीविकासँग सम्बन्धित रहेको उल्लेख गरे । प्रधानमन्त्री कार्कीले आफूहरूका मागबारे अध्ययन गरेर पुस २ गते निर्णय दिने बताए ।

२०६२–०६३ को जनआन्दोलनको म्यान्डेट भनेको संघीयता, धर्मनिरपेक्षता ल्याउने नरहेको भन्दै यसबारे जनमतसंग्रह गर्नुपर्ने माग राखेको बताए । सरकारले तोकेको फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन समयमा नहुने पनि बताए ।