• फाल्गुन २४ २०८२, आईतवार

पूर्वसांसद बुढाको घरमा आगजनी गरेको आरोपमा विष्णु लामा पक्राउ

मंसिर २१ २०८२, आईतवार

काठमाडौं । जेजनी प्रदर्शनमा पूर्वसांसद धनबहादुर बुढाको घरमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुण्डागर्दी पृष्ठभूमिका ५२ वर्षीय विष्णु लामा छन् । बुढा तत्कालीन नेकपा एकीकृत समाजवादीका सांसद हुन् ।

भदौ २४ मा गोकर्णेश्वर नगरपालिका–६ स्थित बुढाको घर तोडफोड र आगजनीमा संलग्न लामा गुण्डागर्दी पृष्ठभूमिका हुन् । काभ्रेको तेमाल गाउँपालिका–३ घर भएर गोकर्णेश्वर नगरपालिका–६ स्थित नयाँ बस्तीमा बस्दै आएका लामालाई शनिबार पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

लामा यसअघि गुण्डागर्दीको आरोपमा पटक पटक पक्राउ पर्दै छुट्दै आएका थिए ।