• फाल्गुन २४ २०८२, आईतवार

रवि लामिछाने भेट्न नख्खु पुगे सुदन

मंसिर १८ २०८२, बिहीबार

काठमाडौँ । हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भेट्न नख्खु कारागार पुगेका छन् ।

पछिल्लो समय काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र रवि लामिछाने एक हुनुपर्छ भन्दै आएका गुरुङ बिहीबार लामिछानेलाई भेट्न कारागार पुगेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘बालेन र कुलमानको एकतापछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्दैछौँ र उहाँको धारणा पनि सुन्नेछौँ ।’

गुरुङले जेनजी आन्दोलनले पुराना शक्तिहरूलाई खारेज गरेको भन्दै नयाँ र वैकल्पिक शक्ति एक हुनुपर्नेमा जोड दिए ।

पछिल्लो समय गुरुङ सरकारप्रति आक्रोशित देखिएका छन् ।